४ सय ५ जना कोरोनाको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ सय ५ जना कोरोना सम्भावित हुनसक्ने बताएको छ । ‘कोभिड १९’ को वेव पेजमा हालसम्म ४२ हजार १ सय ६७ जनाले आफ्नो स्वास्थ्यको बारेमा फारम भरेका छन् ।

ती मध्ये मन्त्रालयले ४ सय ५ जनालाई रेड जोनमा अथवा सम्भावित संक्रमण हुने लिस्टमा राखेको छ । रेडजोनमा परेकाको इपिडिमियोलोजी तथा रोग रोग नियन्त्रण महाशाखा मार्फत कन्ट्रयाक ट्रेसिङ भइरहेको प्रवक्ता विकास देवकोटाले बताए ।

कोरोनाको आशंकामा हालसम्म ३० हजार ७ सय २३ पिसिआरबाट कोरोना नमुना परीक्षण भएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५ सय ५८ परीक्षण भएको छ ।

सोमबार क्वारेन्टाइन २० हजार ९०  रहेका छन् । जसमध्ये प्रदेश १ मा १ हजार १ सय ८०, प्रदेश २ मा २ सय ८०, वागमती प्रदेशमा २ सय ८५, गण्डकी प्रदेशमा ३ सय ९३, प्रदेश ५ मा १२ हजार ८ सय १५, कर्णाली प्रदेशमा ७ सय ७ , र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ३० क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमण ३ सय ५७ जनालाई देखिएको छ । जसमध्ये पुरुष २ सय ९८ र महिला ५९ रहेका छन् । कोरोना संक्रमति मध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रदेशगत रुपमा हेर्दा प्रदेश १ मा ४०, प्रदेश २ मा १ सय ३२, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ३ प्रदेश ५ मा १ सय ५९ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् । आइसोलेसनमा ४ सय १२ जना रहेका छन् । जसमध्ये प्रदेश १ मा २७, प्रदेश २ मा १ सय ३३, वागमती प्रदेशमा ७०, गण्डकी प्रदेशमा १, प्रदेश ५ मा १ सय ७० र सुदरपश्चिम प्रदेशमा ११ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय