एकै दिन थपिए ६२ कोरोना संक्रमित, ३१ फैलियो संक्रमण

नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  नेपालगञ्जको भेरी अस्पतालमा गरिएको प्रयोगशालामा थप ४७ जनामा संक्रमण देखिएको हो । बाँके जिल्लामा ४६ जना पुरुष र १ जना महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, भैरहवाको प्रयोगशालामा गुल्मीका १ जना, धुलिखेल अस्पतालमा धनुषाका १, मोरङको प्रादेशिक अस्पतालको प्रयोगशालामा मोरङका १ जना पुरुष, रौतहट १, धादिङ १ र दाङका १ जनामा संक्रमण देखिएको छ ।

संक्रमित १८ देखि ४६ वर्षसम्मका रहेका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।  सोमबार बिहान रौतहटमा ८ जनामा र बारामा १ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

यो सँगैं नेपालमा कुल संक्रमित संख्या ३ सय ५७ पुगेको छ । जसमध्ये पुरुष २ सय ९८ र महिला ५९ रहेका छन् ।  कोरोना संक्रमति मध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

३१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रदेश १ मा ४०, प्रदेश २ मा १ सय ३२, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ३ प्रदेश ५ मा १ सय ५९ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय