जहाँ मास्क नलगाए हुन्छ तीन वर्ष कैद र ५५ हजार डलर जरिवाना

कोरोनाले विश्व आक्रान्त बनिरहँदा थुप्रै देशले सावधानीका लागि आ-आफ्नै तरिका अपनाएका छन्। थुप्रै देशमा लकडाउन जारी छ। कोरोना संक्रमण रोक्नका लागि विभिन्न देशले विभिन्न खाले निर्देशन पनि दिइरहेका छन्।

तर, कतिपय देशमा कोरोना रोकथामका लागि कानुन नै बन्न थालेका छन्। कतारले कोरोना रोकथाममा लागि कानुनमै मास्क अनिवार्य गरेको छ।

कतारले सार्वजनिक रूपमा मास्क नलगाए ३ वर्षसम्म कैद र ५५ हजार डलर अर्थात नेपाली करिब ६६ लाख ६३ हजार २ सय ९९ रुपैयाँ जरिवाना गरिने कडा कानुन बनाएको छ। कोरोनालाई लिएर अहिलेसम्म बनेको यो नै सबैभन्दा कडा कानुन हो।

यो सानो खाडी मुलुक भए पनि यहाँ अहिलेसम्म ३० हजारमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १५ जनाको ज्यान गइसकेको छ।

यस्तै विभिन्न ५० देशमा मास्क प्रयोगलाई अनिवार्य गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय