कोरोना संक्रमणबाट युवकको मृत्यु भएपछि क्वारेन्टाइनमा रहेकालाई अन्यत्रै सारियो

बाँकेको नरैनापुर गाउँपालिका-५ स्थित दीपेन्द्र मावि विद्यालयमा रहेको क्वारेन्टाइनमा रहेका एक २४ वर्षे युवकको कोरोना संक्रमणबाट मृत्यु भएपछि उक्त क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिलाइ अन्यत्रै सारिएको छ।

सँगै बसिरहेका युवकको मृत्यु भएपछि अन्य व्यक्त्ति त्रसित बनेका थिए। उनीहरूको आग्रहअनुसार स्थानीय सरकारले उक्त क्वारेन्टाइनका ३८ जनालाई अन्यत्रै व्यवस्थापन गरेको हो।

क्वारेन्टाइनलाई तत्काल सेनिटाइज गर्न सक्ने अवस्था नदेखिएपछि आइतबार राति अर्क्वाे क्वारेन्टाइनमा सारिएको हो। त्यहाँबाट सारेर जय किसान माविदेखि ६ सय मिटर उत्तरतिरको खेतमा टेन्ट गाडे‌र क्वारेन्टाइन बनाएर उनीहरूलाई राखिएको वडानम्बर-५ का अध्यक्ष कृष्णचन्द्र मौर्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय