भारतले दियो पिसिआर किट, ३० हजारको कोरोना परीक्षण गर्न सकिने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ५ गते ११:४६

भारत सरकारले नेपाललाई कोरोना परीक्षणका लागि आवश्यक पर्ने पिसिआर टेस्ट किट दिएको छ। भारतले नेपाललाई उपहारस्वरुप किट दिएको हो।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आइतबार भारत सरकारका तर्फबाट टेस्ट किट हस्तान्तरण गरेका हुन्।

उक्त किटले ३० हजार व्यक्तिको जाँच गर्न सकिने बताइएको छ।

‘औषधि र परीक्षण किटको हस्तान्तरणले कोभिड–१९ महामारीले निम्त्याएको साझा चुनौतीविरुद्ध तयार रहन, सामना गर्न तथा एकसाथ लड्न दुई देशका नेता एवं जनताबीचको जारी सहकार्यलाई दर्शाउँदछ,’ भारतीय दूतावासले आइतबार जारी गरेको विज्ञप्तिमा छ।

चुनौतीको घडीमा नेपाल सरकार, स्वास्थ्यकर्मी तथा नेपाली जनतासँग भारतले ऐक्यभाव जनाएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय