कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको बच्चा र परिवारको रिपाेर्ट नेगेटिभ, नवजातमा जन्डिस

सिन्धुपाल्चोक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी संक्रमित २९ वर्षीया महिलाको परिवार सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलाको शिशु, श्रीमान्, बहिनी र सासुको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ ।

अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएकोे  प्रवक्ता डा.सुमन ताम्राकारले बताए । उनका अनुसार मृतकको परिवारको सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र शिशुमा भने जन्डिसको समस्या रहेको छ ।

हाल उनीहरू सबै अस्पतालको आइसोलेसनमा रहेका छन् । ती महिला कोरोना भाइरस ( कोभिड १९) कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन् ।

वैशाख ३१ देखि ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी जेठ १ गते बिहानै बाह्रबिसेकै प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी थिइन् । त्यहाँ उनको एक्सरे गरेर निमोनिया विकसित निदान भएको थियो।

वैशाख ३१ देखि ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएपछि उनी जेठ १ गते बिहानै बाह्रबिसेकै प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी थिइन् । त्यहाँ उनको एक्सरे गरेर निमोनिया विकसित निदान भएको थियो।

जेठ १ गते दिउँसै पिएचसीले रेफर गरे पनि एम्बुलेन्स नपाउँदा साँझ ७ बजेमात्रै धुलिखेलका लागि हिँडेको र ९ बजे धुलिखेल पुगेकी थिइन् । जेठ १ कै राति मृत्यु भए पनि शुक्रबार कोरोना परीक्षण भएको थियो ।

तर, पिसिआर पोजेटिभ देखिन पनि केही दिन लाग्नसक्ने मान्यताअनुसार १४औं दिनमा पुनः परीक्षण गरिने धुलिखेल अस्पतालले जनाएको छ । नवजात शिशुलाई आइसोलेसनमा र आफन्तलाई क्वारेन्टाइनमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय