गृह मन्त्रालयको चेतावनी : ‘स्वास्थ्यकर्मीलाई अवरोध, असहयोग, दुर्व्यवहार गरे तत्काल कारबाही’

कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, दबाब दिने, दुर्व्यवहार  गरे सरुवा रोग नियन्त्रण ऐनअनुसार कारवाही गर्ने चेतावनी दिएको छ । थानकोटमा प्रदेश स्वास्थ्य प्रयोगशाला निर्देशक नारायण कार्कीमाथि दुर्व्यवहार र त्रिवि शिक्षण अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि घरबेटीको असहयोगका खबर बाहिर आइरहँदा गृहले यस्तो चेतावनी दिएको हो ।

काठमाडौंलगायतका ठाउँमा स्वास्थ्यकर्मी चिकित्सकलाई घरधनी र टोलमा समेत यस्तो दुर्व्यवहार, अवरोध र असहयोग गरेको भन्दै गृहले यस्तो चेतावनी दिएको हो ।
गृहले विज्ञाप्तिमार्फत् संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यस्तो आदेशको कार्या प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई मुकरर गरेको र जारी आदेशको अपहेलना गरेमा ऐन बमोजिम कारवाही हुने भन्दै गृहले सचेत गराएको छ ।

गृहले स्थानीय व्यक्तिबाट टोल सुरक्षाका नाममा बाटो बन्द गर्ने, टोल प्रवेश निशेष गर्ने र आवागमनमा पनि बाधा पुर्याएको र घरभाडामा बसीरहेकालाई विना कारण निकाल्नेजस्ता अमानवीय काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसैगरी गृहले स्थानीय व्यक्तिबाट टोल सुरक्षाका नाममा बाटो बन्द गर्ने, टोल प्रवेश निशेष गर्ने र आवागमनमा पनि बाधा पुर्याएको र घरभाडामा बसीरहेकालाई विना कारण निकाल्नेजस्ता अमानवीय काम भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विश्‍वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सवैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु राम्रो नभएको गृहको ठहर छ। मन्त्रालयको अनुरोधको बेवास्ता वा अटेरी गरी अवाञ्‍छित क्रियाकलापमा संलग्न भएको पाइए प्रचलित कानून बमोजिम हदैसम्मको सजाय हुने गृहले एक विज्ञप्ति जारी गर्दै जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय