लकडाउन थप्ने र रोगप्रतिरोधी क्षमता बढाउन वैकल्पिक चिकित्सा प्रवर्द्धन गर्ने सरकारको निर्णय

सरकारले जारी लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ। चैत ११ गतेदेेखि लकडाउन जारी छ। आइतबार दिउँसो बसेको कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन बढाउन सिफारिस गरेको थियो।

त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले लकडाउन बढाउने निर्णय गरेको हो। यथास्थितिमै लकडाउन बढाउँदै सरकारले यसलाई अझैं कडाइ गर्ने निर्णयसमेत गरेको छ।

सरकारका प्रवक्ता डा. युवराज खतिवडाका अनुसार बैकल्पिक चिकित्सा पद्धति प्रवर्द्धन गर्ने निर्णय पनि गरेको छ।

मन्त्रिपरिषदका निर्णयहरू सार्वजनिक गर्दै प्रवक्ता खतिवडाले भने ‘आम नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि जडिबुटी तथा त्यस्ता औषधी उत्पादनलाई प्रोत्साहन गर्ने निर्णय भएको छ।’

उनका अनुसार सरकारले क्वारेन्टाइनमा बसेकाहरुलाई त्यहीँबाट काममा लगाउने व्यवस्था पनि मिलाउने भएको छ। ‘क्वारेन्टाइनमा बस्दा नागरिकको उत्पादनशील समय खेर जाने भएका कारण उहाँहरूकाे स्वास्थ्यको उचित ख्याल गरेर त्यहीँबाट कामको व्यवस्था मिलाउने बारेमा छलफल भएको छ,’ उनले भने ‘हामी कसैलाई थाहा छैन यसको असर कहिले, कहाँसम्म र कति हुने हो। त्यसैले लकडाउन र सामान्य आर्थिक जीवनलाई पनि सँगसँगै लैजानुपर्ने बाध्यता छ।’ उनका अनुसार कृषि उद्योगहरू, ढुवानी तथा ठूला आयोजनामा निर्माणका कामलाई लकडाउनका बेला पनि जारी राखिनेछ।

उनका अनुसार बैठकमा लकडाउनको मोडालिटीका बारेमा छलफल गरे पनि त्यसबारे कुनै निर्णय भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय