अर्की एक नर्समा कोरोना संक्रमण, नेपालमा संक्रमित नर्सको संख्या चार पुग्यो

नेपालमा फेरि अर्की एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटास्थित जिल्ला अस्पतालमा कार्यरत ३४ वर्षीया नर्समा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ स्वास्थ्य निर्देशनालयका अनुसार जिल्ला अस्पतालमा कार्यरत नर्ससहित पाँच जनाको परीक्षण गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा उनको पिसिआर परीक्षण पोजेटिभ आएको हो ।

यसअघि नेपालमा तौलिहवा, सुनसरीबाट फर्केकी भक्तपुरको एक निजी अस्पताल र नारायणी प्रदेश अस्पतालमा कार्यरत गरी तीन नर्समा संक्रमण पुष्टि भइसकेको छ । तीनै जनाको उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय