थप तीनजनामा कोरोना संक्रमण, संक्रमित संख्या पुग्यो २ सय ९५

थप तीनजनालाई कोरोना भाइरसकाे संक्रमण देखिएको छ । योसँगै नेपालमा २ सय ९५ जनामा संक्रमित भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आइतबार विज्ञप्ति जारी गर्दै धनकुटा निवासी ३४ वर्षीया महिला, विराटनगर निवासी २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताएका छन् ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमण फेला परेको हो ।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् । साथै, संक्रमितहरू चिकित्सकहरुको सम्पर्कमा रहेका छन् । संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय