अब कोरोना परीक्षण निजि र सामुदायिक अस्पतालले गर्न पाउने

निजि तथा सामुदायिक अस्पतालले कोरोना परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरे सँगै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)  मार्फत गरिने परीक्षणको गर्न पाउन भएका हुन् ।

परीक्षण गर्ने लागि सम्बन्धित अस्पतालहरु नियमसगंत दर्ता भएको हुनुपर्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उपत्यका भित्र भएका स्वास्थ्य संस्थाले स्वास्थ्य सेवा विभाग मार्फत र उपत्यका बाहिरका स्वास्थ्य संस्थाहरुले सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालय मार्फत अनुमति लिनु पर्ने छ ।

परीक्षण अनुमति लिन चाहिने स्वास्थ्य संस्थाहरुले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तोकिएको सुचीमा उल्लेख गरिएको आरडिटी मात्र प्रयोग गर्न सक्ने मन्त्रालयले जनाएको छ । यदि सुचीकृत नभएको आरडिटी प्रयोग गर्न पर्ने भएमा जनस्वास्थ्य प्रयोगशालाले अनुमति  दिने व्यवस्था गरिएको डा. देवकोटाले बताए ।

आरडिटी मार्फत गरिने परीक्षण हाल अस्पताल प्रयोजनको लागि मात्र गरिएको मन्त्रालयले बताएको छ ।  आरडिटी मार्फत पोजेटिभ आएमा पिसिआरबाट परीक्षण गर्नेको लाागि प्रयोगशालामा पठाउनुपर्ने छ ।

डा. देवकोटालको अनुसार आरडिटीबाट गरिएको रिर्पोटको अभिलेखिकरण गर्नुपर्ने र दैनिक रुपमा प्रतिवेदन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अनिवार्य रुपमा पेस गर्नुपर्ने छ ।  आरडिटी मार्फत गरिने परीक्षण शुल्क अस्पतालले लिने सक्नेछन् । खरिद गरेको मूल्यको बढीमा २० प्रतिशत सम्म लिन निर्देशिकामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय