अग्रमोर्चामा खटिने नर्सलाई पिपिईको व्यवस्था गर्न नर्सिङ संघको माग

नेपाल नर्सिङ संघले अग्रमाेर्चा रहेर काम गर्ने नर्सहरू कोरोनाको उच्च जोखिममा रहेको बताउँदै पिपिईलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउन माग गरेको छ।

संक्रमितको उपचारमा खटिएका नर्सहरू नै संक्रमित हुनु गम्भीर चुनौतीपूर्ण रहेको संघको ठहर छ। संघले नेपाल सरकारलाई यसप्रति गम्भीर बन्न आग्रह गरेको छ।

हालसम्म नेपालमा तीन जना नर्समा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय