प्रेस युनियन डोटी र कैलाली शाखाद्वारा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण

हेल्थपोस्ट/डोटी
प्रकाशित
२०७७ जेठ ४ गते १६:५६

नेपाल प्रेस युनियन डोटी र कैलाली शाखाले डोटीमा कार्यरत सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। युनियनले दिपायल र सिलगढीमा स्वास्थ्य सामग्री वितरण गरेको हो।

नेपाल स्वास्थ्यकर्मी संघ डोटी र भागरथी निर्माण सेवा धनगढीको सहयोगमा सामग्री वितरण गरिएको हो। कोरोनाविरुद्धको लडाईमा अग्रपङ्तिमा काम गरिरहेका सञ्चारकर्मीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सञ्चारकर्मीहरूलाई स्वास्थ्य सामग्री बितरण गरिएको नेपाल प्रेस युनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउबाले जानकारी दिए।

जिल्लामा कार्यरत श्रमजिवी पत्रकारहरू आर्थिक र कोरोना संकट दुबैको सामना गरिरहेको अवस्थामा स्वास्थ्य सामग्रीले थोरै भएनी राहत पुगोस् भनेर वितरण गरिएको डोटी शाखा अध्यक्ष प्रकास बमले बताए।

स्वास्थ्य सामग्री वितरणमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य मीन बम, पत्रकार महासंघ डोटी शाखा अध्यक्ष योगेन्द्र बलायर लगायको सहभागिता रहेको थियो।

अत्यन्तै सम्बेदनशील स्वास्थ्य क्षेत्रमा अग्रभागमा रहेर आमनागरिकलाई समाचार, सूचना र सन्देश प्रबाह गर्ने पत्रकार तथा सञ्चारमाध्यमहरूको भूमिका अतुलनीय रहेको केन्द्रीय सदस्य बमले बताए।

‘आमनागरिकलाई सुसूचित गराउँने पत्रकार तथा सञ्चारमाध्यमहरुको जोश, जाँगर र हौसलालाई बुलन्द गर्नु नै हाम्रो अभिप्राय हो’, बमले भने, ‘कोरना भाइरसको महामारीले आमनागरिकलाई त्रसित बनाइरहेको बेला पत्रकार तथा सञ्चारमाध्यमहरुले आफू सुरक्षित रहेर आमनागरिकलाई बचाउने समाचार, सूचना र संन्देशलाई पहिलो प्राथमिकतामा राखेर प्रकाशन, प्रशारण र प्रदर्शन गर्न अनुरोध गर्दछु।’

डडेल्धुराका पत्रकारहरूलाई पनि स्वास्थ्य सामग्रीहरू वितरण गरिने अध्यक्ष देउवाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय