पृतनापति कोरोना संक्रमित भएपछि ब्यारेक ‘सिल’

नेपाली सेनाको मध्यपूर्वी पृतनाको पृतनापति र सेनाकै चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ। उपरथी र चिकित्सकमा कोरोना पुष्टि भएसँगै महोत्तरीको बर्दिवासस्थित मध्यपूर्वी पृतनाको ब्यारेक ‘सिल’ गरिएको छ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले पृतनापति र सेनाको चिकित्समा कोरोना संक्रमण पुष्टि भएपछि ब्यारेक सिल गरिएको जानकारी दिए। पृतनाभित्र रहेका सबै सैनिक कर्मचारीको स्वाब परीक्षणको रिपोर्ट नआएसम्म सबैलाई हिँँडडुल गर्न रोक लगाइएको उनले बताए।

मध्यपूर्वी पृतनाका प्रमुख उपरथी र स्वाब संकलनमा खटिने चिकित्सकलाई संक्रमण देखिएको हो। उनीहरु दुवैजनालाई उपचारका लागि काठमाडाैं बलम्बुस्थित सशस्त्र प्रहरी बलको काेराेना अस्पतालकाे आइसाेलेसनमा राखिएको छ।

महोत्तरीको बर्दिवास-७ किसाननगरस्थित ब्यारेकमा पृतनापति र चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि ब्यारेकभित्रका सैनिक त्रास छाएकाे छ।

प्रमुख जिल्ला अधिकारी खत्रीले अहिले पृतनापति र चिकित्सकसँग सम्पर्कमा आएकाको पीसीआर परीक्षण भइरहेको जानकारी दिए। सुरुमा २० जनाको पीसीआर परीक्षण गरेर त्यही रिपोर्टको आधारमा कन्ट्याक ट्रेसिङ गरिने उनले बताए।

स्वाब संकलन गर्न जाने सेनाका चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि सिंगो प्रदेश नै उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी खत्रीको भनाइ छ।

संक्रमित देखिएका पृतनापति पनि ब्यारेकबाट वीरगन्जदेखि जनकपुरसम्म आउजाउ गर्दै आइरहेका कारण जोखिम बढेको छ। ब्यारेकभित्र रहेका सेनालाई पनि सामाजिक दूरी कायम गरेेेर बस्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय