कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको १२ दिने शिशु आइसोलेसनमा

कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेेसनमा राखिएको छ।

मृतक महिलाको परिवारका सदस्यहरू श्रीमान्, आमा र बहिनीको पिसिआर परीक्षणका लागि स्वाब संलकन गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए।

‘उहाँहरूको स्वाब शनिबार लिएर प्रयोगशाला पठाइएको छ,’ डा. ताम्राकारले भने, ‘रिपाेर्ट आउने क्रममा रहेको छ।’ शिशु तथा अन्य आइसोलेसनमा रहेका सबैको अवस्था सामान्य छ।

हिजो रोकिएको अस्पतालको सेवा आजबाट पुन: सुरु गरिएको उनले बताए।

मृतकको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको पनि स्वाब संकलन गरिएको छ। उनीहरू सबैलाई अस्पतालकै क्वारेन्टाइनमा राखिएको डा. ताम्राकारले जानकारी गराए।

सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो। उनी कोभिड-१९ का कारण नेपालमा मृत्यु हुने पहिलो व्यक्ति हुन्। उनको शनिबार नै पशुपतिमा दाहसंस्कार गरिएको  हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय