स्वास्थ्य प्रयोगशाला निर्देशकको गाडी रोकेर दुर्ब्यावहार गर्ने नागढुंगाका युवक पक्राउ

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ४ गते १५:११

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

स्वास्थ्यकर्मी सवार गाडीमा चेकजाँच गरी दु:ख दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

चन्द्रागिरी नगरपालिका-७ का उत्तम कार्कीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

शुक्रबार नागढुंगामा कार्कीले बागमती प्रदेशका स्वास्थ्य प्रयोगशाला निर्देशक चढेको गाडीलाई अनावश्यक चेकजाँच गरेको भिडियो ‘भाइरल’ भएको थियो। सरकारी स्वास्थ्यकर्मी चढेको गाडीलाई कार्यक्षेत्रबाहिर गएर चेकजाँच गरेको भिडियो आएपछि प्रहरीले कार्कीलाई अनुसन्धानका लागि पक्राउ गरेको हो।

उनलाई हिरासतमा लिएर उनले गरेको कसुरउपर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले बताए। ‘घटनाको प्रकृति के कस्तो छ हामी अनुसन्धान गरिरहेका छौं, अनुसन्धानपछि जे कसुर स्थापित हुन आउँछ कारबाही गर्छौं,’ ज्ञवालीले भने।

नागढुंगामा कोही व्यक्तिले त्यसरी चेकजाँच गरिरहँदा नजिकै रहेको प्रहरीले नियन्त्रण लिएको थिएन। सो घटनाबारे छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको नेतृत्वमा दुई सदस्यीय छानबिन समिति गठन गरेको छ।

समितिले घटनाबारे प्रहरी कर्मचारीसँग अनुसन्धान गरिरहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए। ‘प्रहरी रमिते बनेको भन्ने आरोप लागेपछि के कसो हो छानबिन गर्न आवश्यक देखियो,’ उनले भने, ‘त्यो घटनामा प्रहरी रमिते बनेको पाइए विभागीय कारबाही हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय