कोरोनाविरुद्ध विभिन्न आठ भ्याक्सिनको क्लिनिकल परीक्षण सुरु

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ ४ गते १४:५४

कोरोनाले आक्रान्त बनेको विश्व एन्टिडोजको खोजीमा जुटेको छ। विश्वका सबै देशहरु भाइरस राेकथामका लागि आआफ्नै तरिकाहरु अभ्यास गरिरहेका छन्। केही देशहरु कोरोनाविरुद्धको भ्याक्सिन बनाउने काममा निरन्तर जुटिरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार कोरोनाविरुद्धका आठ भ्याक्सिनको क्लिनिकल ट्रायल सुरु गरिएको छ। यस्तै विश्वमा  १ सय १० भ्याक्सिन परीक्षणक विभिन्न चरणमा छन्।

साउथ चाइना मोर्निङ पोस्टका अनुसार विश्वका सबै देश एकजुट भएर कोरोनालाई प्रास्त गर्न लागिपरेका छन्। अमेरिका, चीर र जर्मनी कोरोनाको निर्मुलका लागि विभिन्न विधि अपनाइरहेका छन्। यस्तै विभिन्न अनुसन्धान पनि थालिएको छ।

असहज परिस्थितिमा रहेका अमेरिका र चीनलेसमेत भ्याक्सिन तयार गर्नका लागि समय तोकेका छन्। शनिबार चीनका स्वास्थ्य अधिकारी झाँग वेनहोङ्गले २०२१ को मार्चसम्म कोरोना भाइरसको अन्त्यका लागि भ्याक्सिन बनिसक्ने बताएका छन्।

उनले भ्याक्सिन विकास गर्नमा केही अनिश्चितता भने रहेको बताए। यसभन्दा अगाडि फैलिएका मर्स र सार्स भाइरसका लागि अहिलेसम्म कुनै प्रभावकारी भ्याक्सिन बन्नसकेको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फक्स न्युजको भर्चुअल टाउन हलमा यस वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन आइसक्ने बताएका थिए। यसैगरी अन्य देशमा पनि चाँडोभन्दा चाँडो कोरोनाविरुद्धको भ्याक्सिन आउने दावी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय