रौतहटका १० जनामा कोरोना संक्रमण, संक्रमित संख्या २९१ पुग्यो

रौतहटका १० जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित सबै पुरुष रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित रौतहट राजपुर नगरपालिका फरहदवा-९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका रहेका छन् ।

त्यसैगरी, रौतहट इशनाथ नगरपालिकाका ३ र ५ वडा निवासी २८, ३० र ३३ वर्षीय पुरुष रहेका छन् । यो सँगै नेपालमा संक्रमित संख्या २ सय ९१ पुगेको छ ।

हालसम्म ३६ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय