बाह्रबिसेकी महिलाको मृत्युको कारण कोरोना भाइरस : स्वास्थ्य मन्त्रालय

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विशेषज्ञ टोलीले अस्पताल पुगेर सबै परामर्श र निरीक्षणपछि कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो।

वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी बाह्रबिसेकी २९ वर्षीया महिलाको २४ गते नर्मल डेलिभरी भएको र २५ गते डिस्चार्ज भएकी थिइन्।

घर पुगेको केही दिनमा ज्वरो र श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि उनलाई बाह्रबिसे पिएचसी हुँदा धुलिखेल अस्पताल पुर्‍याइएको थियो।

नेपालमा कोरोना भाइरसबाट मृत्यु भएको यो पहिलो घटना हो।

सुत्केरीको मृत्यु भएपछि धुलिखेल अस्पताल सिल गरिएको छ। उनको उपचारमा संलग्न चिकित्सकको पनि आइसोलेसनमा राखेर कोरोना परीक्षण थालिएको छ।

कोरोनाले महिलाको मृत्यु प्रमाणितपछि धुलिखेलमा उच्च सावधानी, चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय