काभ्रे र महोत्तरीका २ पुरुषमा कोरोना संक्रमण, संक्रमित संख्या २ सय ७८ पुग्यो

नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा गरी २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमित २ सय ७८ पुगको छ । संक्रमितमध्ये हालसम्म ३६ जना उपचारपछि निको भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय