चन्द्रागिरी नगरपालिका सिल, बाहिरी जिल्लाबाट आएका सबैको कोरोना परीक्षण गरिने

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चन्द्रागिरी नगरपालिका ३ दिनको लागि सिल भएको छ । नगरपालिकामा मात्रै ४ कोरोना संक्रमित भेटिएका छन् । उपत्यकामा बाहीर जिल्ला आएका व्यक्तिहरुलाई संक्रमण देखिएको हो । ३० वैशाखबाट लगातार रुवमा संक्रमित भेटिन थालेका छन् ।

नगरभित्र कोरोना संक्रमित बढ्न थालेपछि नगरपालिकाले शनिबार १२ बजेदेखि लागु हुने गरि ‘सिल’ गर्ने निर्णय भएको उपमेयर लिशा नकर्मीले बताइन् ।

७ जेठ बिहान ६ सम्मको लागि नगर शिल गर्न हुने र सो अवधिमा औषधी पसल बाहेक अन्य पसल बन्द रहने नकर्मीले बताइन । ‘नगरका केही मानिसहरु सामान किने बाहना अनावश्यक रुपमा हिँड्दै गरेको पाइयो’, नकर्मीले भनिन्, ‘यस्तो गतिविधिले झन् जोखिम बढायो ।’

शुक्रबार बसेको जनप्रतिनिधि र सुरक्षाकर्र्मीको बैठकले बाहीर हिँडडुल गर्न र स्थानीय सवारी साधन चलाउन नपाउने निर्णय गरेको हो ।

बन्दको बेलामा खाद्यान्न पसल, किराना, मास, फलफूल, तरकारी, निमार्ण व्यवसायी लगायताका पसल पुर्णरुपमा बन्द गरिने छ । नगरपालिका निर्देशन नमान्नेलाई जरिवाना समेत गरिने बताइएको छ ।
बाहिर जिल्लाबाट आएका मानिसलाई अर्को सुचना जारी नभएसम्म नगरमा प्रवेश गर्न नदिने निर्णय गरिएको छ ।

शनिबारबाट कोरोना संक्रमण देखिएका व्यक्तिहरुको कन्ट्रायक टेसिङको काम नेपाली सेना, शस्शत्र प्रहरी बल र नेपाल प्रहरी गरिने भएको उपमेयर नकर्मीले जानकारी दिइन् ।

उनका अनुसार बाहीर जिल्लाबाट केही महिनादेखि आएका सबै पहिला र्यापिट टेस्ट गरिने छ । करिब १ महिनाको अवधिमा १ हजार ५ सय भन्दा बढी बाहिर जिल्लाबाट भित्रिएको नगरपालिको अनुमान रहेको छ ।

‘बाहिरबाट आएका सबै मानिसको र्यापिट टेस्स गर्ने योजना रहेको छ,’ नकर्मीले भनिन्, ‘त्यसपछि संक्रमण कति फैलिएको छ भनी केही आंकलन आउँला ।’

पिसिआर परीक्षण गर्नेको लागि नगरपालिका सँग किट नभएको कारणले सम्भव नभएको उनको भनाई छ ।

हालसम्म नगरपालिकामा २ सय ५० भन्दाको पिसिआरबाट नमुना परीक्षण गरिएको छ । ‘पहिला विदेशबाट आउनेको मात्रै परीक्षण गर्ने गरेका थियौँ । बोर्डर लाइनबाट आएका मात्रै संक्रमण देखियो’, उनले भनिन् ।

मंगलबार (वैशाख ३० गते) कोरोना संक्रमण पुष्टि भएकी चन्द्रागिरीस्थित वडा नम्बर ९ मच्छेगाउँकी ३३ वर्षिया महिला बैशाख २९ गते कञ्चनपुरको महेन्द्रनगरबाट सशस्त्र प्रहरीकै भ्यानमा आएकी थिइन ।

बिहीबार (जेठ १ गते) कोरोना पुष्टि भएको ३२ वर्षिय पुरुष सशस्त्र प्रहरी बलको अस्पताल नेपालगञ्जमा कार्यरत सुरक्षाकर्मी रहेका छन् । उनी नेपालगञ्जमा चिकित्सक र्पुयाउन गएको सवारी साधनमा संक्रमित आएका थिए ।

चन्द्रागिरिमा शुक्रबार (जेठ २ गते) दुई जनामा कोरोना पुष्टि भएका वडा नम्बर १ दहचोकका ७ वर्षीय बालक रहेका छन् । दोलखा स्थायी घर भएका सक्रंमित बालक र उनको आमा चैत्र ६ गते बारा गएका थिए ।

शुक्रबार कोरोना पुष्टि भएको स्थायी घर धादिङ भई चन्द्रागिरिस्थित सतुगंल बस्ने ३० वर्षिया महिला रहेकी छिन् । संक्रमित महिला लकडाउन अवधिमा नै घर गई वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन ।

सबै संक्रमित हाल टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका छन् । हालसम्म कोरोना संक्रमित संख्या २ सय ७३ पुगेको छ भने काठमाडौं उपत्यकामा १३ संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय