जोखिम समूहमा कोरोना जाँच : तीन महिला स्वयंसेविकासहित ३१ को आरडिटी पोजेटिभ

हेल्थपोस्ट/काठमाडौँ
प्रकाशित
२०७७ जेठ ३ गते ११:२८

काठमाडौं महानगरपालिका अन्तर्गत वातावरण र स्वास्थ्य सेवामा खटिएका तीन महिला स्वास्थ्य स्वयम्सेविकासहित ३१ जनामा र्‍यापिड डाइग्नोस्टिक डेस्टिङ (आरडिडी रिपोट पोजेटिभ देखिएको छ । त्यसैगरी कालीमाटी तरकारी बजारमा काम गर्नेमध्ये ३ जनाको पनि आरडिटी पोजेटिभ देखिएको छ । आरडिटी पोजेटिभ आएकाहरुलाई महानगरकै वातावरण विभागको भवनमा क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरुमा आइबिजी एन्टिवडी पोजेटिभ देखिएको कोेरोना भाइरसको थप आशंकागरी पिसिआर परीक्षणका लागि नमूना संकलन गरिएको छ। सरकारले समुदायमा काम गर्नेको परीक्षण नीतिअनुसार महानगरका सफाई कर्मचारीसहित तरकारी बजारमा खटिनेहरुको परीक्षण गरेको थियो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार महानगरका ९३१ र तरकारी बजारमा काम गर्ने १०३४ नमूना परीक्षण गरिएको थियो ।

आरडिटी पोजेटिभ देखिएकामध्ये तीन स्वयम्सेविका, १५ सफाई कर्मचारी छन् । त्यसैगरी पिसिआर परीक्षण गरिएका २७० जनाको पनि रिपोर्ट आउन वाँकी रहेको महाशाखा स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय