शिक्षण अस्पतालका चिकित्सक, नर्स वा कर्मचारी कसैमा पनि कोरोना संक्रमण देखिएको छैन : डा. खड्का

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेम खड्काले हालसम्म त्रिवि शिक्षण अस्पतालका कोही पनि चिकित्सक, नर्स र कर्मचारीलाई संक्रमण पुष्टि नभएको बताएका छन् । डा. खड्काले शुक्रबार संक्रमण पुष्टि भएका दाङका ३४ वर्षे युवा अस्पतालको चिकित्सक भएको भनि प्रचार गरिएको भन्दै आपति जनाए ।

खड्काले आफूहरु विहानैदेखि संक्रमितको पहिचान र सम्पर्क पत्ता लगाउन लागिरहेको बताए । अस्पताल उच्च स्रोतका अनुसार संक्रमितसँग नाम र थर मिलेका धेरै जना भएको कारण सन्देश पैदा भएको हो । अस्पतालमा संक्रमित भनिएका व्यक्तिको थर भएका कोही पनि चिकत्सिक छैनन् ।

तीन दिनअघि अस्पतालमा घाँटीको शल्यक्रियाका लागि भर्ना गरेर न्युरो वार्डमा राखिएकी एक बालिकामा संक्रमण पुष्टि भएपछि अस्पतालका चिकित्सकसहित कर्मचारी र कुरुवाहरुको समेत परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय