काठमाडौंसहित चार जिल्लामा थपिए नौ कोरोना पोजेटिभ कूल संक्रमित २६७

विश्वव्यापी महामारी रूप लिएको कोरोना भाइरस डिजिज (कोभिड-१९) का नौ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारीका अनुसार पछिल्लोपटक चार जिल्लामा नौजना संक्रमित थपिएसँगै कूल संक्रमित संख्या २ सय ६७ पुगेको छ।

मन्त्रालयका अनुसार विभिन्न स्थानका प्रयोगशालामा गरिएको परीक्षणअनुसार काठमाडौं सतुङ्गलका सात वर्षे बालकसहित नौजनामा कोरोना पोजेटिभ भेटिएको हो।

तीबाहेक पर्सा, वीरगन्जमा चार, उदयपुरमा एक, दाङ गढवामा तीन संक्रमित थपिएका छन्। थपिएका संक्रमितमध्ये पर्साका नौ र १० वर्षका दुई बालक, २३ र ४७ वर्षका दुई महिला, उदयपुरमा २५ वर्षे पुरुष तथा दाङमा २३, ३६ र ३४ वर्षे पुरुष हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय