अमेरिकी मोडलको रोग नियन्त्रण केन्द्र, एफडिएसहित प्रत्यायन प्राधिकरण बनाइने

सरकारले चालु आर्थिक वर्षमा रोग नियन्त्रण तथा रोकथामको एकीकृत व्यवस्थापनका लागि सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) बनाउने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा पेश गरेको नीति तथा कार्यक्रममा रोग नियन्त्रणका लागि सिडिसी बनाउने घोषणा गरेकी हुन्।

यो रोग नियन्त्रणको लागि एकीकृत रुपमा हेर्ने संस्था हो। सिडिसी अमेरिकालगायतका देशमा प्रचलित छ। त्यसैगरी, औषधि तथा अन्य स्वास्थ्य सामग्रीको नियमन गर्नका लागि फुड एन्ड ड्रग एड्मिनिट्रेसनको स्थापना गर्ने घोषणा गरिएकाे छ।

त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर तथा मापदण्ड निर्धारणका लागि राष्ट्रिय प्रत्यायन प्राधिकरण स्थापना गर्ने घोषणा भएको छ।

केही वर्षदेखि स्वास्थ्य मन्त्रालयको पुनर्संरचनाकाे सन्दर्भमा बहस चलिरहँदा सरकारले यी तीन प्रमुख संस्था स्थापना प्राथमिकतामा राखेको हो। ती बाहेक सरकारले कान्ति बाल अस्पताललाई बाल प्रतिष्ठान बनाउने, मनमोहन मेमाेरियल र गंगालाल हृदय राेग केन्द्रमा बाल मुटुरोगको उपचारका लागि संस्थागत विकास गर्ने, परोपकार प्रसूति अस्पतालको सेवालाई थप विशिष्टीकृत गर्ने घोषणा गरेको छ।

सरकारले सातै प्रदेशमा सुविधासम्पन्न प्रयोगशाला, अस्पताल र प्रमुख राजमार्गमा ट्रमा सेन्टर स्थापनाको समेत घोषणा गरेको छ। प्रदेशहरूमा सुविधासम्पन्न सरुवा रोग अस्पताल र एयरपोर्ट र नाकामा हेल्थ डेस्क स्थापनाको समेत नीति तथा कार्यक्रममा पारेको छ।

तीन वर्षभित्र सबैको स्वास्थ्य बिमा गर्ने कार्यक्रम पनि सरकारले अगाडि सारेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय