मोबाइल एप्सबाट कोरोना संक्रमितको खोजी गर्न सकिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘हाम्रो स्वास्थ्य’ एप्लिकेसनमार्फत कोरोना सम्भावितको खोजी गर्न सकिने जनाएको छ।

कोरोना भाइरससम्बन्धी मोबाइल एप्स र वेबपेज रहेको छ। मोबाइल एप्सबाट ब्लुटुथकाे माध्यमबाट सम्भावित संक्रमितको खोजी गर्न सकिने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

‘हाम्रो स्वास्थ्य’ एप्लिकेसन र आइआ‌ेएस मोबाइलबाट बिहीबारदेखि हेर्न सकिने व्यवस्था गरिएको छ। यसभन्दा अगाडि एन्ड्राेइडमा यस्तो व्यवस्था गरिएको थियो।

मन्त्रालयका महत्वपूर्ण सूचना तत्कालै उक्त एप्समार्फत जानकारी पाउन सकिने छ।

हालसम्म एप्समार्फत ३७ हजार १ सय ४७ जनाले आफ्नो स्वास्थ्यको जनकारी लिएका छन्। तीमध्ये २ सय ६३ जना रेडजोनमा परेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय