लकडाउनको मोडालिटी फेर्ने तयारीमा सरकार

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटीका विषयमा चिकित्सा क्षेत्रका विज्ञसँग छलफल गरेको छ।

समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गर्न सकिने आधारका बारेमा छलफल गरेको हो।

स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग नागरिकलाई कसरी सहजता प्रदान गर्ने र संक्रमण बढ्न नदिन के गर्ने भन्ने विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए।

उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी लकडाउनको मोडालिटी परिवर्तन गरिने उनले बताए।

अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लक डाउनका कारण नेपालमै रहेका नागरिकहरूलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि समितिले गरेको छ। विज्ञहरूका सुझावका आधारमा समितिले पुनः छलफल गरी निर्णय लिने सचिव विडारीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय