गौरीफन्टा नाकाबाट भित्रिए ३५६ नेपाली

मोहन जोशी/धनगढी
प्रकाशित
२०७७ जेठ २ गते १५:०९

भारतको उत्तरप्रदेशस्थित पलियाका विभिन्न क्वारेन्टाइनमा रहेका ३ सय ७१ नेपाली धनगढीको गौरीफन्टा नाका भएर नेपाल भित्रिएका छन्।

उत्तरप्रदेश सरकारले स्वदेश फर्किन चाहने नेपालीलाई जान सक्ने भनेपछि उनीहरू गौरीफन्टा आइपुगेका हुन्। उनीहरूलाई उत्तरप्रदेश सरकारले नै विभिन्न बसबाट गौरीफन्टा ल्याइदिएको हो।

भारतबाट आएका नेपालीलाई लिन जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशी, सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायत सुरक्षा अधिकारीहरू सीमामा पुगेका छन्। त्यसरी आउने सबै नेपालीलाई सीमामै -यापिड टेस्ट गरेर नेपाल भित्र्याइने जनाइएकाे छ।

कोरोनाको आशंका लागे परीक्षणका लागि लगिने छ भने अन्यलाई सीमा नजिकैको नवदुर्गा माविको क्वारेन्टाइनमा राखिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

त्यस्तै स्कुलको क्वारेन्टाइनमा राखिएका सबैको पिसिआर परीक्षणपछि सम्बन्धित स्थानीय निकायसँग समन्वय गरेर उनीहरूलाई घर पठाइने छ। त्यसरी आउने नेपाली नेपालको विभिन्न भूभागका रहेका छन्।

नेपालबाट पनि उत्तरप्रदेश प्रशासनसँगको समन्वयमा त्रिनगर माविको क्वारेन्टाइनमा रहेका १ सय ७६ भारतीयसहित दुई सय बढीलाई भारत पठाउन थालिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय