लकडाउनमा सम्बन्ध बलियो बनाउन गर्नुस् यस्ता व्यवहार

कोरोना भाइरसका कारण विश्वका धेरै मानिस घर भित्रै बस्न विवश बनेका छन्। कोरोनाको त्रासले विश्वका धेरै देशमा लकडाउन जरी छ। यस्तो समयमा मानिस पुरै समय घरमै हुने भएकाले एक आपसमा कहिले काँही सामान्य झै झगडा पनि हुन सक्छ।

यस्तो समयमा पार्टनरसँग मिलेर काम गर्नुपर्छ। पार्टनरसँग मिलेर काम गर्दा सम्बन्ध मजबुद हुन्छ। यसले एक आपसमा खुशी पनि ल्याउँछ। त्यसैले खुशी रहन अपनाउनुस् यी व्यवहार

एक अर्काको सहारा बन्ने

सम्बन्ध बलियो बनाउन एक अर्काको सहारा बन्नु महत्वपूर्ण कुरा हो। यस्तो समयमा पार्टनरको प्रत्यक काममा सहयोग गर्नुपर्छ। यस्तो गर्दा तपाइको पार्टनरलाई आनन्द महशुस् हुन्छ। र, एक अर्का बीचको सम्बन्ध बलियो बन्दै जान्छ।

एक अर्काको भावना बुझ्ने

सम्बन्धमा एक अर्काको भावना बुझ्नु एक महत्वपूर्ण कुरा हो। सधै एक अर्काको भावनाको सम्मान गर्नुपर्छ। कहिले पनि कसैको अपमान वा भावनाको कदन नगर्ने बाँनी राम्रो मानिदैन।

लकडाउनले यस्तो बेला घुमफिर पनि गर्न मिल्दैन। यस्तो अवस्थामा मानसिक तनाव हुन्छ। यदि तपाइले पार्टनरको भावना बुझ्दै रमाइलो गर्नु भयो भने तनाव पनि घट्छ। सम्बन्ध पनि राम्रो हुन्छ। पार्टरसँग मिठा–मिठा कुराकानी गर्नुपर्छ।

एक अर्काको तारिफ गर्ने

सधै आफ्नो पार्टनरको तारिफ गर्नुपर्छ। यसो गर्दा पार्टनरलाई आनन्द लाग्छ। लकडाउनमा आफ्नो पार्टनगरले खुशी राख्न कुनै प्रयास गर्छ भने त्यसको मनबाटै तारिफ गर्ने। यस्तो गर्दा सम्बन्ध बलियो बन्न पुग्छ। लकडाउनमा मात्र नभएर आफ्नो पार्टनरको तारिफ सधै गर्नुपर्छ। यसले सम्बन्धमा सधै फाइदा पु-याउँछ।

मिलेर केही नयाँ गर्ने प्रयास गर्ने

मानिसलाई सधै एउटै खाले क्रियाकलापबाट वाक्क लाग्न सक्छ। त्यसैले केही नयाँ नयाँ काम गर्ने कोसिष गर्नुपर्छ। यसरी नयाँ काम गर्दा मिलिजुली गर्नुपर्छ। मिलेर काम गर्नुको मज्जा नै व्यग्लै हुन्छ। यस्तो गर्दा मानसिक तनाव हुँदैन भने काम गर्न पनि दिक्क लाग्दैन।

पार्टनरबाट अलि टाढा रहने

यति बेला सबै जना धेरै समय आफ्नो पार्टनरसँग हुन्छन्। पुरै समयसँगै हुँदा तनाव हुने सम्भावना पनि हुन्छ। त्यसैले केही समय पार्टनरबाट टाढा रहनु पर्छ। प्रत्येक मानिसका अलग–अलग चाहना हुन्छन्। त्यसैले पार्टनरलाई केही समय एक्लै छोडिदिनुपर्छ। कुनै पार्टनरलाई फिल्म हेर्न, कसैलाई पुस्तक पढ्न रुची हुन सक्छ। त्यसैले उनीहरूको इच्छा अनुसारको काम गर्न एक्लै छोडिदिनुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय