सरकारको नीति तथा कार्यक्रम: रोजगारी र स्वास्थ्यलाई प्राथमिकता, राष्ट्रपतिबाट संसदमा प्रस्तुत हुँदै

आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक हुँदै छ। संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी हुन्।

शुक्रबार अपरान्ह चार बजे बस्ने संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछिन्।

नीति तथा कार्यक्रमको प्रारुपका आधारमा सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट ल्याउने छ। बजेट जेठ १५ गते सार्वजनिक हुनेछ।

नीति तथा कार्यक्रममा स्वास्थ्यको पूर्वाधार विकास, रोजगारी र कृषिक्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ।

सामाजिक दुरी कायम राखेर उच्च स्वास्थ्य सतर्कताका साथ बैठक सञ्चालनको तयारी गरिएको संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय