काठमाडौंमा एकसहित थपिए तीन संक्रमित, २४९ कूल संक्रमित

कोरोना भाइरस डिजिज (कोभिड-१९) का तीन संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीद्वारा जारी विज्ञप्तिमा काठमाडौंमा गरिएको परीक्षणअनुसार दहचोकका ७ वर्षे बालक, जनकपुरमा १७ वर्षीया किशोरी र धादिङकी ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको उल्लेख छ।

नयाँ संक्रमित थपिएसँगै कूल संक्रमित संख्या २ सय ४९ पुगेको मन्त्रालयले जनाएको छ। योसँगै काठमाडौंमा तीन दिनमा तीन संक्रमित पुगेका छन्। मंगलबार मातातिर्थकी एक महिलामा संक्रमण देखिएलगत्तै आज बिहीबार बिहान एक पुरुषमा संक्रमण पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय