धनगढीको कुहिएको चामल प्रकरण, अख्तियारले थाल्यो छानविन

कुहिएको चामल वितरण गरिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खरिद प्रकरणका कागजात जफत गरेको छ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले चामल खरिद प्रकरणका क्रममा तयार पारिएका सुरु देखिका कागजात जफत गरेको अख्तियारका प्रबक्ता टोपबहादुर विष्टले बताए।

प्राप्त कागजात अध्यन गरेर थप अनुसन्धान गरिने बताउँदै प्रबक्ता विष्टले अनुसन्धानका क्रममा नगरको कुनैपनि कामकारबाही रोक्ने आदेस भने नभएको बताए।

४ नम्बर वडामा मात्रै २ सय ६९ पोका चामल कुहिएको भेटियो

धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ मा मात्रै दुई सय ६९ पोका चामल कुहिएको भेटिएको छ।

राहतका लागि ठाकुर ट्रेड लिङ्कबाट खरिद गरेको चालम कुहिएको भेटिएपछि धनगढी–१८ का वडा अध्यक्ष मुरारी अधिकारीको संयोजकत्वमा पाँच सदस्यिय समिति गठन गरिएको थियो। समितिले बिहीबार चामल राखेको वडा कार्यालय गोदाममा छानविन गर्दा दुई सय ६९ बोरो चामल कुहिएको फेला परेको छानविन समितिका एक जना सदस्यले बताए।

ती सदस्यका अनुसार गोदाममा रहेका १५ किलो तौल भएका तीन सय ५६ पोका २० किलो तौल भएका २० पोका खोलिएका छन्। जसमा १५ किलोको दुई सय ६९ पोका कुहिएको भेटिएको हो। ती सदस्यका अनुसार २० किलोको चामलको पोकामा भने समस्या नरहेको पाइएको छ। धनगढी उप–महानगरपालिकाले वडामा वितरण गरेको चामलमा किरा परेको भेटिएपछि बिहीबार मात्रै छानविन समिति गठन गरी तीन दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो।

धनगढीका नगरप्रमुख नृपबहादुर वडले छानविन समितिले दिएको प्रतिवेदनका आधारमा दोसीलाई कडा कारवाही गरिने प्रतिक्रिया दिएका छन्। ‘चालम वितरणमा कहिनकही गल्ती भएको छ,’ नगरप्रमुख वडले भने, ‘त्यसका लागि छानविन समिति गठन गरिएको छ, समितिले दिएको निर्देशन अनुसार दोसीलाई कारवाही गरिने छ।’

धनगढी उप–महानगरपालिकाले २ लाख ६१ हजारमा ठाकुर ट्रेड लिंकलाई राहत सामाग्री खरिदको टेण्डर दिएको थियो। जसमा तीन हजार तीन सय क्वीन्टल चामल, तीन सय ९९ सय क्वीन्टल दाल, दुई सय नौ क्वीन्टल नुन, २२ हजार पाँच सय लिटर तेल, दुई सय ६५ क्वीन्टल चिनी र ५१ हजार नौ सय वटा सावुन खरिद गरिनुपर्ने सम्झौतामा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय