उपत्यका बाहिरबाट आउनेलाई वडा प्रवेश निषेध

ललिपपुर महानगरपालिका वडा नम्बर- ६ ले लकडाउनको समयमा जिल्ला वा विदेशबाट फर्किएर आएकाहरूलाई वडामा प्रवेश निशेष गरेको छ।

उपत्यका बाहिरबाट तथा विदेशबाट आउनेहरूका कारण स्थानीयवासी जोखिममा परेकोभन्दै वडाले उक्त निर्णय गरेको जनाएको हो। लकडाउनको अवधिसम्म बहालमा बस्नेहरूलाई वडामा प्रवेश गर्न नदिने निर्णय वडाले जारी गरेको सुचनामा उल्लेख छ।

वडाका घरधनीहरूलाई घर गएका भाडामा बस्नेहरूलाई लकडाउनको अवधिमा आए प्रवेश नदिन आग्रह गरिएको छ। घरधनीले बाहिरबाट आएकाहरूको सुचना लुकाए वा प्रवेश गर्न दिए घर नै सिल गर्ने र क्वारेन्टाइनमा लाग्ने खर्च आफैले व्यहोर्नुपर्ने चेतावनी वडाध्यक्ष हिटलर शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

लकडाउनको समयमा घर गएकाहरू घरधनीलाई थाहै नदिएर आउन थालेपछि वडाको सुरक्षाका लागि यस्तो गर्नुपरेको परेको अध्यक्ष शाक्यले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय