३ सय ५९ जना कोरोनाको उच्च जोखिममा : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ सय ५९ जना कोरोना सम्भावित हुनसक्ने बताएको छ। ‘कोभिड १९’ को वेव पेजमा हालसम्म ३६ हजार ४ सय ६५ जनाले फारम भरेका छन्। ती मध्ये मन्त्रालयले ३ सय ५९ जनालाई रेड जोन अथवा सम्भावित संक्रमण हुने लिस्टमा राखेको छ।

रेडजोनमा परेकाको कन्ट्याक ट्रेसिङ भइरहेको प्रवक्ता विकास देवकोटाले जानकारी दिए।

कोरोनाको आशंकामा हालसम्म २२ हजार ६ सय ६४ पिसिआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ३ सय ६३ जनाको पिसिआरबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमितको संख्या २ सय ४६ पुगेको छ। जसमध्ये ३५ जना निको भएसँगै डिस्चार्ज भएका छन्। बाँकी संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

१५ हजार ६ सय जनालाई क्वारेन्टाइनमा राखिएको छ। क्वारेन्टाइनका लागि ५३ हजार ८ सय ३५ शैया व्यवस्था गरिएको डा. देवकोटाले बताए। बिहिबार २ सय ६६ जना आइसोलेसनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय