काठमाडौंमा कोरोना परीक्षण गर्न टोली परिचालन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना परीक्षण गर्न टोली परिचालन गरेको छ।

काठमाडौं महानरपालिका वडा १३ अन्तर्गत पर्ने फलफुल र तकारी बजार, विभिन्न व्यवसायी तथा ढुवानीसँग सम्बन्धित व्यक्तिहरूको कोरोना परीक्षण गर्न थालिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालय अन्तर्गतका महाशाखा र नेपाली सेनाका अधिकारी नमुना संकलनका लागि परिचालन भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

उनका अनुसार ३ सय जनाको पिसिआर र ७ जनाको र्‍यापिट टेस्ट गरिने छ। हालसम्म नेपालमा कोरोना संक्रमित २ सय ४६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय