कोरोनाको अन्त्य अनुमान लगाउन सकिँदैन : डब्लुएचआ‌े

कोरोना भाइरसले विश्वलाई नै अस्तव्यस्त बनाएको छ। महामारी कहिले अन्त्य हुने हो कसैले अनुमान गर्न सकेको छैन।

कोरोनाका कारण विश्व त्रसित छ। कोरोना महामारीको प्रभाव कहिलेसम्म रहन्छ यो स्वयं विश्व स्वास्थ्य संगठन (डब्लुएचआ‌े) लाई समेत थाहा छैन। यसैबीच डब्लुएचआ‌ेका विपद व्यवस्थापन प्रमुख डा‌. माइकल र्‍यानले कोरोना भाइरस महामारी नियन्त्रणमा आउने कुरा कल्पनासम्म गर्न नसकिने बताएका छन्।

‘कोरोनाका कारण हालसम्म मृत्यु भएको संख्या यसको ताकतको तुलनामा कम हो। किट अभावले स्वास्थ्य परीक्षण गर्न नसकिएको अवस्थामा हाम्रो प्रतिरक्षा प्रणाली मजबुत हुन वर्षौं लाग्न सक्छ। सम्भवत: यो महामारी कहिले सकिन्छ अनुमान गर्न सकिँदैन,’ र्‍यानले भनेका छन्।

कोरोनाभन्दा पहिले पनि कहिल्यै उन्मुलन नहुने दादुरा, मलेरिया, एचआइभी एड्सजस्ता अन्य महामारी आए पनि त्यसको औषधी पत्ता लागेको र संक्रमितले सजिलैसँग बाँच्न पाएको बताउँदै कोरोना भाइरस भयानक भएको उनको भनाइ छ। कोरोनाको औषधी बने पनि विश्वभर पुर्‍याउन समय लाग्ने र बढीमात्रामा आवश्यक रहेकाले समस्या हुने उनले बताए।

‘आसा गरौं कोरोनाभन्दा पहिले आएका महामारीको जस्तै यसको पनि औषधी बन्ने छ। औषधी बने पनि महामारीले गाँजिएको विश्वभर पुर्‍याउन कठिन हुनेछ,’ डब्लुएचआ‌ेका विपद व्यवस्थापनका प्रमुख डा. र्‍यानले भने। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय