कोरोना संक्रमणले भारतमा पछिल्लो २४ घण्टमा १३४ जनाको मृत्यु

भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा १ सय ३४ जनाले ज्यान गुमाएका छन्। यस्तै ३ हजार ७ सय २२ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ५१ पुगेको छ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोनाबाट संक्रमित हुनेको संख्या पनि ७८ हजार १ सय ९४ पुगेको छ। भाइरसका संक्रमितमध्ये २६ हजार २ सय ३५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ हजार ९ सय २२ पुगेको छ। महाराष्ट्रमा अहिलेसम्म ९ सय ७५ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। त्यस्तै गुजरातमा अहिलेसम्म ९ हजार दुई सय ६७ संक्रमित छन् भने ५ सय ६६ जनाको मृत्यु भएको छ।

भारतको मध्य प्रदेशमा संक्रमितको संख्या ४ हजार १ सय ७३ संक्रमित फेला परेका छन्। संक्रमितमध्ये २ सय ३२ जनाको मृत्यु भइसकेको छ।

पश्चिम बंगालका २ हजार २ सय ९० संक्रमितमध्ये ७ सय २ जनाको ज्यान गएको छ। उत्तर प्रदेशका ३ हजार ७ सय २९ जना संक्रमितमध्ये ८३ जनाको मृत्यु भएको छ।

त्यस्तै राजस्थानका ४ हजार ३ सय २८ जनामा १ सय २१ जना, बिहारका ९ सय ४० जनामा ७ जना र आन्ध्र प्रदेशका २ हजार १ सय ३७ मा ४७ जना र ताकिलनाडुका ९ हजार २ सय २७ जना संक्रमितमध्ये ६४ जनाको मृत्यु भएको छ।

उत्तर प्रदेशमा अहिलेसम्म ३ हजार ७ सय २९ जनाका कोरोना देखिएको छ भने ८३ जनाको मृत्यु भएको छ। दिल्लीका ७ हजार ९ सय ९८ जनामा १ सय ६ जनाको मृत्यु भएको छ।

बिहारमा नौ सय ४० संक्रमित पुग्दा सात जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका कारण विश्वभर २ लाख ९८ हजार २ सय १ जनाको मृत्यु भएको छ भने ४४ लाख ३० हजार ८ सय ६ जनामा संक्रमण रहेको छ। संक्रमितमध्ये १६लाख ६२ हजार ४३ जना उपचारपछि पनको भई घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय