संक्रमित बालिकाको सम्पर्कमा आएका १४ चिकित्सकसहित ३८ जनाको पिसिआर परीक्षण गरिने

त्रिवि शिक्षण अस्पतालमा संक्रमित बालिकासँग सम्पर्कमा आएका १४ चिकित्सकसहित ३८ जनाको पिसिआर परीक्षण गरिने भएको छ ।

अस्पतालमा दुई दिनअघि भर्ना गरिएकी ६ वर्षे एक बालिकामा कोरोना भाइरस डिजिज (कोभिड–१९) पोजेटिभ देखिएपछि अस्पतालमा विहानैदेखि बालिकाको उपचार र अन्य प्रक्रियामा संलग्न जनशक्तिको ‘कन्ट्रयाक ट्रेसिङ’ भइरहेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अधिकारीले विहानैदेखि बालिका अस्पताल भर्ना गर्दा र गरिसकेपछिको प्रक्रियाका आधारमा ३८ जनाको पिसिआर परीक्षण गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

अहिले स्वाब संकलन सुरु भएको छ । स्वाब संकलनपछि रिपोर्ट आउन ६ देखि ८ घण्टा लाग्छ ।

महाशाखा स्रोतका अनुसार पहिलो चरणमा नाक, कान, घाँटी विभागका फ्याकल्टी र आवासीय १४ चिकित्सक, अन्य नर्स, ल्याब, रेडियोलोजी र रजिष्ट्रेसन र दर्तामा काम गर्ने प्राविधिकदेखि बालिकाका कुरुवासमेत छन् ।

तीबाहेक बालिका राखिएको वार्डमा रहेका अन्य ५ विरामीको पनि संभवत आजै पिसिआर नमूना संकलन गरिनेछ ।

अस्पतालका निर्देशक डा. प्रेम खड्का र इएनटी विभागकी प्रमुख डा. विभू प्रधानले संक्रमण र अन्य अवस्थाबारे कुनै जानकारी दिन मानेनन् । कपिलवस्तुबाट तीनदिनअघि आएसँगै भर्ना गरिएको बालिकाको घाँटीको शल्यक्रिया तयारीका लागि पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टी भएको थियो ।

उनीलाई यसअघि भर्र्ना गरिएको न्यूरो वार्डबाट साविकको इएनटी भवनमा रहेको आइसोलेसन वार्डमा सारिसकिएको छ ।

One thought on “संक्रमित बालिकाको सम्पर्कमा आएका १४ चिकित्सकसहित ३८ जनाको पिसिआर परीक्षण गरिने

  1. टिचिङ हस्पिटल जस्तो ठाउँमा पनि यस्तो त्रुटि हुनु दुर्भाग्य हो, कोरोना को हटस्पोट कपिलवस्तु बाट आएको केस थाहा पाउन बितिक्कै सतर्क हुनु पर्ने होइन र? कोरोना को स्क्रिनिङ गर्ने 5 प्रश्न सोध्ने फुर्सद पनि भएन र? थाहाँ भयर पनि बिना ppe केस हेर्नु , अनि बिना टेस्ट अपरेसन गर्ने प्लान गर्नु , मेडिकल नेगलिजेन्स होइन र? Resident le आइसोलेशन मा भर्ना गर्न खोज्दा , जरूरत छैन भनेर कमन वार्ड मै भर्ना गरे भन्ने कन्सल्ट्यान्ट लाई क भन्ने? शिक्षित मूर्ख हरु को नेग्लिजेन्स ले गर्दा आज संस्था नै बद्नाम भाको महशुस भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय