एक फौजी नर्सको २५ वसन्त

जीवनको करिब २५ वर्ष लामो व्यावसायिक अवधिमा एउटा नर्सिङ पेसकर्मीको अनुभव सेयरिङ गर्ने यो आलेखको उद्देश्य हो। मिलिटरी नर्सिङ पेसामा घटेका वास्तविक घटना र तिनबाट हासिल भएका अनुभव सेयर गर्नु महत्व छ भन्ने हो।

नेपाल आर्मीको नर्सिङ विभागमा विसं. २०५२ सालमा प्राविधिक उपसेनानी (बी.एन. नर्सिङ) पदमा नियुक्ति लिई करिब २५ वर्षको लामो सेवा प्रदानपछि प्रा. प्रमुख सेनानी पदबाट अनिवार्य अवकाश लिनुपर्दा जीवमा धेरै अवसर, अनुभव र ज्ञान प्राप्त भयो। जीवनको २५ वर्ष, एउटा उल्लेखनीय समय हो।

 

 

 

 

 

 

 

 

 

 

 

 

आर्मी नर्सिङ सेवा दिने क्रममा धेरै अप्ठ्यारा, सजिला र चुनौतीपूर्ण कार्यहरू गर्नुपर्यो। जिम्मेवारीहरू बहन गर्दा एउटा व्यावसायिक नर्समात्र नभएर एउटा मिलिटरी कम्ब्याट नर्स हुँ भन्ने दोहोरो जिम्मेवारी र आत्मविश्वास लिएर काममा खट्नुपर्यो।

नेपाल आर्मी

मिलिटरी नर्स, नेपाल आर्मीको अभिन्न अङ्ग हो। नेपालमा त्रिचन्द्र अस्पतालको स्थापना सन् १९२५ मा स्थापना भएदेखि नियमित रूपमा सेवा दिँदै आएको सर्वविदितै छ। सन् १९९० मा वीरेन्द्र आर्मी अस्पताल स्थापना भएदेखि छाउनीमा नियमित सेवा प्रदान गर्दै आएको छ।

आर्मी अस्पताल सरकारको अरू जेनेरल अस्पतालभन्दा के फरक छ, भने चिकित्साकीय सेवा उही भएता पनि अरु अस्पतालले रोगको निदान र उपचारमा सेवा प्रदान गर्छन् भने आर्मी अस्पतालमा त्योसहित लडाइको मैदानमा हतियार लिएर लड्ने घाइते, विपत तथा उद्दार कार्यमा खट्ने सेना र उसको परिवारले बेहोर्ने असाधारण परिस्थितबाट सिर्जना भएका समस्यासमेत उपचार गर्नुपर्ने भएकाले त्यसका लागि ज्ञान, तालिम र पूर्व तयारीसम्मका कुराहरू हुन्छ।

सँगै घायल भई जीवन भर डिसएबल भई जीवन निर्वाह गर्ने सेनाहरूलाई नर्सिङ सेवा दिनु प्रमुख दायित्व हो। त्यसको लागी इन्फ‍्नटरी ट्रेनिङ लिनु पर्दथ्यो। आफ्ना दैनिक कार्यहरू गर्नका लागि सधैँ मिलिटरी चेन अफ कमान्डअनुसार काम सम्पादन हुने हुँदा, काम फत्ते गर्नु छिटो र सजिलो हुन्थ्यो।

मुलुक जसरी सन् १९९६ पछि सशस्त्र द्वन्द्वमा फस्यो। बिर्सिन नसक्ने पहिलो घटना हो माओवादी सशस्त्र सेनाले नेपाल आर्मीको क्याम्पमाथि राति दाङको घोराहीमा आक्रमण भयो। दुर्घटनाको उपचारका लागि मेडिकल टिम डेभलपमेन्टका लागि तयार हुनु भन्ने खबर भयो। जुन दिन मेरो नाइट अफिसर नर्स ड्युटी थियो। खबर आयो तर कठिन अवस्था कसरी व्यवस्थापन गर्ने त्यस्तो खास तत्परता थिएन। त्यो समयमा ठुलो चुनौती फेस गर्नुपरेको थियो। उक्त घटनाबाट के कुरा सिकियो भने मेडिकल क्षेत्रमा काम गर्ने नर्स वा डाक्टरहरू हरसमय शारीरिक र मानसिक तयारी अवस्था हुनुपर्ने हुन्छ।

सन २००१ बिर्सिन नसक्ने दोस्रो घटना हो नारायणहिटी दरबारकाण्ड। जुन काण्ड अकल्पनीय थियो। संयोग कस्तो परेको थियो भने, त्यो दिन मेरो नाइट अफिसर नर्स ड्युटी थियो। बेलुकी करिब ८ बज्न लागेको थियो। अचानक राजपरिवारका सबै सदस्य घाइते अवस्थामा अस्पतालमा एडमिट भएको देख्दा त्यो अवस्थालाई कसरी नियन्त्रण गर्ने?

१२ वर्षे लामो जनयुद्धले धेरै पाठ सिकायो। यो जनयुद्धकालमा घायलहरू प्रायजसो दैनिक हताहत ५ देखि १० जनासम्म आइरहन्थ्यो। धेरैजसो पोस्ट ट्राउमाटिक सिन्ड्रोम ‌ (पीटीएस) ले आर्मी जवान पीडित थिए। जुन नर्सिङ पेसाको लागी ठुलो च्यालेन्ज थियो। आर्मी नर्सहरूलाई अस्पतालमा काम गर्नु सजिलो थिएन।

आफ्नो घर-अस्पताल-घर वा अन्य सामाजिक क्रियाकलापमा संलग्न हुने कि नहुने, समस्या थियो। किनकि सरकारी सेनाप्रति विद्रोहीहले बाटोमा एम्बुस थाप्ने, परिवारलाई विभिन्न उपायबाट डर, धम्कीहरू पठाउने र भौत्तिक कार्यबाही गर्ने जस्ता घटनाहरू समाचारमा सुन्दा आफ्नो मात्र नभई परिवारको पनि चिन्ता हुन्थ्यो।

सधैँ तनावपूर्ण वातावरणमा काम गर्नुपर्ने १२ वर्षको तीतो अनुभव, आज पनि ताजा छ। झन्डै १२ वर्षको सशस्त्र द्वन्द्वकालमा आर्मी नर्सको हैसियत साँच्चिकै युद्ध क्षेत्रको जस्तो भयो। तर यो नेपाली नर्सको लागी एउटा चुनौती त छँदै थियो, भन्दाखेरी नर्सिङ युद्ध फिल्डको अनुभव पनि भयो।

नारायणहिटी दरबारकाण्ड

सन २००१ बिर्सिन नसक्ने दोस्रो घटना हो नारायणहिटी दरबारकाण्ड। जुन काण्ड अकल्पनीय थियो। संयोग कस्तो परेको थियो भने, त्यो दिन मेरो नाइट अफिसर नर्स ड्युटी थियो। बेलुकी करिब ८ बज्न लागेको थियो। अचानक राजपरिवारका सबै सदस्य घाइते अवस्थामा अस्पतालमा एडमिट भएको देख्दा त्यो अवस्थालाई कसरी नियन्त्रण गर्ने?

नर्स, ड्युटी अफिसर भएको नाताले आफूले कसरी त्यो अवस्था सामना गरेँ। त्यो कालरात्रि आफैंमा दु:खद र ठुलो चुनौतीको त थियो नै, तर त्यो चुनौती उपलब्ध मानवीय तथा भौत्तिक स्रोत र साधन, ठीक, ठीक निर्णयहरू लिएर जसरी व्यवस्थापन गर्न सकेँ, अहिले आएर उपयुक्त सहज तरिकाबाट समझदारीपूर्वक संकटको स्थितिलाई सफलतापूर्ण तबरमा व्यवस्थापन गरेको अनुभव भएको छ।

आज पनि मलाई गर्व छ कि पूर्व राजपरिवारका सदस्यहरू जो जिउँदो हुनुहुन्छ यदि छिटो नर्सिङ सेवा निर्धारण गर्न नसकेको भए, उहाँहरू अहिले हुनु हुन्थेन। तर जति बित्नुभयो, बचाउन सकिएन त्यसमा दु:खको अनुभव हुन्छ।

संकटमा डाक्टर कि नर्स पहिलेभन्दा पनि तत्कालै उपचार विधि के अपनाउने? अलमलको अवस्थामा जुन क्विक डिसिजन लिनलाई मैले … गर्न‌‌‌‌‌‌ मैले सुझाएँ, तत्कालै त्यो गर्दा… को ज्यान बचाउन सफलता हासिल भयो, जुन मेरो नर्सिङ् पेसाको लामो अनुभवमा अविस्मरणीय रह्यो।

आपतकालीन स्थितिमा जीवन रक्षा र सुरक्षाको कुरा आउँदा डाक्टरले नै पहिला बिरामी हेर्नुपर्दछ, भनेर बस्दा बिरामी ज्यान जोखिममा यो र उ नभनी निर्णय लिनुपर्ने पाठ दरबार हत्याकाण्डको आकस्मिक उचारमा मैले अनुभव गरेँ।

सन् २०१५ को भूकम्प

सन २०१५ को भूकम्पले पारेको जुन विपत्ति छ, सायदै हामी नेपाली बिर्सने छौं। अझ पटकपटक आउने पाराकम्पनको बारेमा अनुभव नभएको पुस्ताका लागि एउटा ठूलो शिक्षा भयो। नर्सिङ स्टाफमा ड्युटी आवरमा बिरामीहरूको हेरचाह गरिरहेको अवस्थामा पाराकम्पनले ल्याउने जुन आतेश छ, त्यो झनै पीडादायी हुने अनुभव भयो। सबैलाई आफ्नो जीवन प्यारो हुन्छ नै।

१२ वर्षे लामो जनयुद्धले धेरै पाठ सिकायो। यो जनयुद्धकालमा घायलहरू प्रायजसो दैनिक हताहत ५ देखि १० जनासम्म आइरहन्थ्यो। धेरैजसो पोस्ट ट्राउमाटिक सिन्ड्रोम ‌ (पीटीएस) ले आर्मी जवान पीडित थिए। जुन नर्सिङ पेसाको लागी ठुलो च्यालेन्ज थियो। आर्मी नर्सहरूलाई अस्पतालमा काम गर्नु सजिलो थिएन।

यही क्रममा दोस्रो पटक ७.३ रेक्टरको सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर आएको पाराकम्पनले अस्पतालमा ठुलो तहल्का मच्चायो। म दौडिँदै आईसीयु वार्डमा भेन्टिलेटरको बिरामीलाई के गर्ने होला भनेन पुग्दा त भेन्टिलेटरको बिरामी र कुरुवा मात्र, बाँकी सबै बाहिर। सोचेँ, मरे पनि बिरामी सँगै मरौंला तर भेन्टिलेटरको बिरामीलाई छोड्नु भएन भनेर तुरुन्त भेन्टिलेटर डिस्कनेक्ट गरी युट्युवमा अम्बु ब्यागमा अक्सिजन जोडी अम्बु ब्यागिङ गर्दै बिरामीलाई बेडसहित अस्पताल बाहिर निकालेर जसरी त्यो समयमा व्यवस्थापन गरें, बिर्सिन नसकिने मेरो जीवन तेस्रो घटना थियो।

कम्पनी कमान्ड कोर्स

नेपाल आर्मीको एउटा आकर्षण भनेको संयुक्त राष्ट्र सैन्य पर्यवेक्षकमा जान पाउनु। आर्मीको प्राविधिक तथा साधारण प्राय सबै अधिकृतस्तरका १ वर्षको लागि पर्यवेक्षकमा लागि जाने व्यवस्था थियो, सिरिप नर्सिङबाहेक। मैले यो कुरा सम्बन्धित निकायमा राख्दा नर्सिङलाई किन नपठाउने? भनेर हेड क्वार्टरले अब आइन्दा नर्सिङलाई पनि पठाउने नीति अख्तियार गर्यो। तर त्यसको लागि इन्फ्रान्ट्री कोर्स र कम्पनी कमाण्ड र स्टाफ कोर्स अनिवार्य गर्नुपर्ने। नभन्दै त्यो कोर्स गर्नको लागि मै अघि सरेँ, र इन्फ्रान्ट्री अफिसरसरह उक्त कोर्स सफलतापूर्वक सम्पन्न गरेँ।

यो मेरो एउटा सौभाग्य नै थियो। आर्मी नर्सिङको इतिहासमा म पहिलो अफिसर नर्स पहिलो पटक संयुक्त राष्ट्र सैन्य पर्यवेक्षक को रूपमा सन २०१८ मा वेर्स्टन साहरा मिनुस्रोको लागि छनोट भएँ। यो मिसनको समय अवधि १ वर्षको थियो। यो मिसन अन्य साधारण शान्तिसेना मिसन जस्तो थिएन।

यो संयुक्त राष्ट्र सैन्य पर्यवेक्षकमा भाग लिने मौका नर्सिङलाई अन्य समूहलाई भन्दा सजिलो थिएन। यो मिसनमा नर्सिङले पनि अन्य जस्तै मौका पाउनुपर्छ भनी ५–६ वर्ष सम्म पहल गर्नुपरेको थियो। यो मिसनमा छनोट भए पनि १०-१२ वाट परीक्षा पास गर्नुपर्छ। यो आफ्नो पेसाभन्दा ३६० डिग्री मा फरक थियो। सैन्य पर्यवेक्षकको रूपमा विभिन्न भूमिका जस्तै अप्रेसन पेट्रोल, एयर रेकस, मोनिटर केसफायर र माइन थ्रेट रिडक्सन निर्वाह गर्नुपर्दथ्यो।

१ वर्षको कार्यकालको मुल्याङकन मा आउटस्यान्डिड अवार्ड सर्टिफिकेटसमेत प्राप्त गर्ने मौका पाएको अनुभव छ।

उपसंहार

हुनत नर्सिङ पेसालाई पहिले, पहिले एउटा हेयको भावले नेपाली समाजमा हेरिन्थ्यो। तर बिरामी उपचारको जहाँसम्म कुरा छ, मेडिकल डाक्टर चिकित्साविज्ञानको हिसाबले जति महत्वपूर्ण भूमिकामा हुन्छ, त्यो भन्दा कयौं गुणा धेरै नर्सिङ्ग सेवाको महत्व छ। त्यो महत्व समाजलाई त्यति थाहा छैन। सम्भवत: बिरामीलाई थाहा हुन्छ। तर त्यो कुरो बिरामीले पनि थाहा पाउनक लागि नर्सिङ सेवा प्रदायीको भूमिकामा भरपर्दछ।

डाक्टरको सेवा सम्बन्धित रोगको निदान र औषधी प्रिस्काइब गर्नु मात्र हो, तर नर्सिङ सेवा भनेको रोगको निदान, औषधीको प्रयोग र प्रभावकारिता र बिरामीलाई निको पार्ने सम्मका कुराहरू हुन्। साथै नर्सिङले बिरामी, परिवारका सदस्य, र डाक्टरसम्मको उचित कोअर्डिनेसन गरेर उपयुक्त उपचारको वातावरण सृजना गर्नु हो। त्यसकारण नर्सिङ सेवाको महत्व एकदम धेरै छ।

जसरी नेपाली समाजमा लैङ्गिक असमानता व्याप्त छ, नर्सिङ सेवालाई नै लैङ्गिक दृष्टिकोणले हेयको चश्माले हेर्ने प्रवृत्ति छ। र त्यो नेपाली सेनामा झनै भएको तीतो मैले अनुभव गरें। चिकित्सा विज्ञान र नर्सिङ सेवासँगै भएता पनि एकअर्कोमा भिन्न विधाहरू हुन। तर नर्सिङ चिकित्सा सेवाको सव-ओर्डिनेटको रूपमा माथिल्लो निकायले बुझ्नुपर्ने समस्याहरू पनि झेलेर जीवनको २५ वसन्त नेपाल आर्मीको अस्पतालमा पुरा गरेर, हाल शिक्षण क्षेत्रमा पुन फर्कें। र हाल स्तुपा कलेज, जोरपाटीमा अध्यापनरत छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय