नवलपुरको देवचुलीका ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण

नवलपरासी (सुस्ता पूर्व) स्थित देवचुली नगरपालिका-१२ का एक जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

चितवनको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ४९ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।

अहिले उनको उपचार भरतपुर कोराना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भैरहेको छ। उनको अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

यो सँगै नेपालमा हालसम्म २ सय ४६ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय