थिमि नगरले गर्‍याे लकडाउनमा कडाइ, यस्तो छ निर्देशन

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले लकडाउनमा कडाइ गर्ने निर्णय गरेको छ। मंगलबार एक जना कोरोना संक्रमित फेला परेसँगै थिमिले लकडाउनमा कडाइ गर्न लागेको हो।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै थिमिभित्र पर्ने अरनिको राजमार्ग र भक्तपुर जाने पुरानो सडक राजमार्ग मात्र प्रयोग गर्न पाइने उल्लेख गरेका छन्।

उनका अनुसार यसबाहेकका मार्ग तथा बाटोहरूमा सार्वजनिक आवागमन पूर्ण रुपमा बन्द गरिएको छ।

नगरभित्र बहालमा बस्ने व्यक्तिलाई बाहिरबाट आउन नदिने र कोही आएका भए कोरोना परीक्षण गरेर मात्र घरमा प्रवेश दिन नगरपालिकाले निर्देशन दिएको छ। यस्तो सुरक्षा व्यवस्था नपनाए घरधनीलाई समेत कारबाही गरिने जनाइएको छ।

यस्तै नगरभित्र सञ्चालित खाद्यान्न, औषधी पसल तथा अति आवश्यक वस्तुका पसल बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न दिने नगरको निर्णय छ।

अन्य पसलको हकमा भने अर्को सूचना जारी नभएसम्मका लागि खोल्न पाइने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय