प्रदेश ५ का चार जिल्लामा क्वारेन्टाइनमा बस्नेको चाप बढ्दो

 

 

प्रदेश ५ मा क्वारेन्टाइनमा बस्ने व्यक्तिको चाप ह्वात्तै बढेको छ। त्यसरी क्वारेन्टाइनमा चाप बढ्नुमा दुई कारण छन्। पहिलो नेपाल भारत सीमामा अलपत्र परेका नेपालीलाई स्थानीय तहले उद्दार गरी क्वारेन्टाइनमा राखिनु। दोस्राे  लुकिछिपी नेपाल आउनेहरूलाई स्थानीयको सहयोगमा क्वारेन्टाइन अनिवार्य गरिनु हो।

बुधबार साँझसम्म प्रदेश ५ का ५ सय ३२ स्थानका क्वारेन्टाइनमा ८ हजार २ सय १९ व्यक्ति बसिरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार प्रदेश ५ मा पाँच दिनको तथ्यांकलाई हेर्दा २ हजार ५ सय २९ जना व्यक्ति क्वारेन्टाइनमा थपिएको देखिन्छ। चार दिनको तथ्यांक हेर्दा यो तथ्यांक बढेर २ हजार ८ सय ६८ पुग्छ।

जिल्लागत रूपमा क्वारेन्टाइनमा बस्नेको तथ्यांकलाई हेर्ने हो भने रूपन्देही, कपिलवस्तु र नवलपरासीमा पाँच दिनयता क्वारेन्टाइनमा बस्नेको संख्या ह्वात्तै बढेको छ। त्यसरी बढ्नेमा प्रदेशभित्र रहेका बाँके, कपिलवस्तु, रूपन्देही र नवलपरासी गरी तराईका चार जिल्ला छन्।

ती चार जिल्लामध्ये झनै कपिलवस्तुमा क्वारेन्टाइनमा बस्नेको संख्या झनै बढी छ। कपिलवस्तुमा ५ दिनमा मात्रै क्वारेन्टाइनमा ३ हजार २ सय ४५ जना व्यक्ति थपिएका छन्। कपिलवस्तुमा बुधबारसम्मको तथ्यांकमा ४ हजार १ सय २६ जना क्वारेन्टाइनमा छन्।

जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुका प्रमुख प्रशासकीय अधिकृत मनोज सैनीले बुधबार साँझसम्ममा ४ हजार ७ सय ८८ जना व्यक्तिलाई क्वारेनटाइनमा राखिएको बताए।

भारतमा काममा गएकाहरू घर फर्किंदा क्वारेन्टाइनमा चाप बढेको उनको भनाइ छ। त्यसरी क्वारेन्टाइनमा राखिनेमा जिल्लाभित्रका मात्रै नभई कपिलवस्तुको बाटो भएर छिमेकी जिल्लाका साथै पहाडी जिल्लासम्म पुग्ने व्यक्तिहरू भएको सैनीले बताए।

भारतका विभिन्न स्थानबाट नेपाल फर्केर भारतीय सीमावर्ती सुनौलीमा १ हजार २ सय बढी नेपाली रहे पनि क्वारेन्टाइनको व्यवस्थापन हुन नसक्दा अहिलेलाई ५ सय १० जनामात्र ल्याइएको हो।

उनका अनुसार अझै पनि भारतर्फबाट आउने क्रम नरोकिएको हुँदा जिल्लामा क्वारेन्टाइन थप्ने क्रम जारी छ। स्थानीय तहहरूले क्वारेन्टाइनलाई प्राथमिकता राखी काम गरिरहेका छन्।

त्यसैगरी पाँच दिनमा रूपन्देहीमा ६ सय ९३ जना, बाँकेमा ३ सय ५९ जना, नवलपरासीमा १ सय ११ जना थपिएका छन्।

प्रदेशमा सबैभन्दा बढी कपिलवस्तुका ५४ वटा क्वारेन्टाइनमा ४ हजार ३ सय ३६ बेड रहेकोमा ४ हजार १ सय २६ जना रहेका छन्। कपिलवस्तुमा क्वारेन्टाइनमा २ सय १० बेड मात्रै खाली देखिन्छ।

रूपन्देहीमा १७ वटा क्वारेन्टाइनमा १ हजार ९ सय ८९ बेड रहेकोमा १ हजार २ सय ४ जना बसेका छन्। नवलपरासीमा १३ वटा क्वारेन्टाइनमा ४ सय ४६ बेड रहेकोमा ३ सय २५ जना र बाँकेमा १८ वटा क्वारेन्टाइनमा १ हजार १५ बेड रहेकोमा ७ सय ४८ व्यक्ति छन्।

यस्तो छ प्रदेश ५ को क्वारेन्टाइनमा बस्नेको संख्या

 

सीमामा अलपत्र नेपालीलाई रूपन्देहीका क्वारेन्टाइनमा

लकडाउनका कारण नेपाल भारत सीमाक्षेत्र सुनौलीमा अलपत्र परेका नेपालीलाई उद्धार गरी रूपन्देहीका क्वारेनटाइना राखिएको छ। स्थानीय तहको पहलमा उनीहरूलाई उद्दार गरिएको हो।

मंगलबारदेखि उनीहरूलाई ल्याउने तयारी गरीएको भए पनि कागजात र प्रशासनिक कुरा मिलाउन ढिलाइ भएपछि बुधबार साँझ मात्रै उनीहरूलाई नेपाल ल्याइएको हो।

बुधबार उद्दार गरिएकालाई सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिने छ। नेपाल ल्याइएकाहरू सवै भारतीय क्वारेन्टाइनमा २१ दिन बसेकाहरू भएको बताइएको छ ।

सीमामा अलपत्र नेपालीलाई नेपाल ल्याउने निर्णयसँगै तिलोत्तमा नगरपालिकाका र सिद्धार्थ नगरनगरपालिकाका नगरप्रमुख तथा उप-प्रमुखको टोली बेलहिया पुगेका थिए। बुधबार ५ सय १० जना नेपालीलाई नेपाल ल्याइएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए।

नेपाल ल्याइएका मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाइनमा राखिने छ भने बाँकी २ सय ७७ जनालाई सिद्धार्थ नगरपालिकाका २ वटा क्वारेन्टाइनमा राखिएको छ।

भारतका विभिन्न स्थानबाट नेपाल फर्केर भारतीय सीमावर्ती सुनौलीमा १ हजार २ सय बढी नेपाली रहे पनि क्वारेन्टाइनको व्यवस्थापन हुन नसक्दा अहिलेलाई ५ सय १० जना मात्र ल्याइएको हो।

तिलोत्तमा नगरपालिकामा ल्याइएका २ सय ३३ जना मध्ये शंकरनगर दुर्गादक्त माध्यमिक विद्यालयको क्वारेन्टाइनमा ३३ जना र मधवलिया स्थित मधवलिया माध्यमिक विद्यालयको क्वारेन्टाइनमा र २ सय जना राखिएको छ।

त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा ल्याइएका २ सय ७७ जनालाई वडा नम्बर ८ मा रहेको रूपन्देही लीलाराम माध्यमिक विद्यालय र वडा नम्बर ५ मा रहेको भैरहवा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमादेवी काफ्लेले जानकारी दिइन्।

उद्दार गरिएकाहरू अधिकांश व्यक्ति गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रूपन्देहीलगायत जिल्लाका छन्।

नेपाल ल्याइएका सबैको बुधबार बिहानबाट स्वाब संकलन गरिने रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। पहिलो चरणमा हामीले यति नै ल्याउन सक्यौं ल्याइएकाको स्वाब संकलन गर्न आग्रह गरेको र रिपाेर्ट आइसकेपछि थप प्रक्रिया अगाडि बढछ् प्रमुख जिल्ला अधिकारी पन्थले बताए।

उद्धार गरेर नेपाल ल्याइएका ५ सय १० जना कति अवधि क्वारेन्टाइनमा बस्ने भने उनीहरूको पिसिआर रिपाेर्टका आधारमा निर्धारण हुनेछ। २१ दिन भारतीय क्वारेन्टाइनमा बसिसकेको हुँदा सक्दो छिटो परीक्षण गर्ने तयारी गरिएको पन्थले बताए।

मुम्बइबाट आएर नाैतनहवास्थित मोर्डन एकेडेमी स्कुलको क्वारेन्टाइनमा रहेका ८२ जनामध्ये एकजना २५ वर्षे युवामा कोरोना पोजेटिभ देखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय