शल्यक्रियाका लागि भर्ना भएकी बालिकामा कोरोना देखिएपछि शिक्षण अस्पताल ‘सिल’

घाँटीको शल्यक्रियाका त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका एक ६ वर्षे बालिकामा कोरोना भाइरस डिजिज (कोभिड–१९) पोजेटिभ देखिएपछि अस्पतालको न्युरो वार्ड पूर्ण सिल गरिएको छ ।

कपिलवस्तु स्थायी घर भएकी बालिका बिचमा गाउँ गएर फर्किएको पाइएको छ ।

अस्पतालका निर्देशक डा. प्रेम खड्काले आफू मिटिङमा रहेको भन्दै केही बोल्न मानेनन् ।

अस्पतालका अर्का एक चिकित्सकका अनुसार नली बन्द भएर श्वासप्रश्वास मै अवरोध हुने एकप्रकारको रोगको शल्यक्रियाका लागि उनलाई तीनदिनअघि अस्पतालमा भर्ना गरिएको थियो ।

 

उनको यसअघि पनि विभिन्न समयमा शल्यक्रिया गरिसकेको हुँदा चिकित्सकहरुले चिनेको र रोगको जटिलता हेरेर भर्ना लिएका थिए । इएनटीको भवनमा कोभिड आइसोलेसन बनाइएको कारण उनलाई न्युरो वार्डमा भर्ना गरिएको हो ।

तत्काल जुनसुकै बेला शल्यक्रिया गर्नुपर्ने अवस्था आउँने भन्दै तयारीका लागि अस्पतालका चिकित्सकहरुले नै पिसिआर गर्न पठाएका थिए । सो क्रममा पोजेटिभ देखिएपनि विहानैदेखि बालिकालाई कोेभिड आइसोलेसनमा सारेर न्युरो विभागमा भर्ना भएका बिरामी र एक्पोजर भएका सबै चिकित्सक कर्मचारीको परीक्षण तयारी भइरहेको छ ।

बालिकासँगको कन्ट्रयाक ट्रेसिङ गर्नका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली अस्पतालमा पुगिसकेको छ । नेपालमा हालसम्म २५० जनामा कोरोना भाइरस पोजेटिभ देखिइसकेको छ । जसमध्ये बुधबार विहानमात्रै तीबाहिकासहित ५ जनामा कोरोना पोजेटिभ देखिइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय