नारायणी अस्पतालकी नर्समा पनि कोरोना संक्रमण, संक्रमित नर्सको संख्या तीन पुग्यो

प्रदेश २ को प्रमुख कोरोना अस्पताल नारायणी अस्पतालमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा हाल ७० जना संक्रमितको उपचार भइरहेको छ । पछिल्लोपटक थपिएका २४ संक्रमित मध्ये एक अस्पतालमा कार्यरत नर्स भएको अस्पतालकाअस्पतालका मेडिकल सुपेरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उपाध्यायका अनुसार एक चरणको ड्युटी सकेपछिको प्रत्येक स्वास्थ्यकर्मीलाई गरिने नियमित परीक्षण गर्दा पोजेटिभ देखिएको हो । संक्रमित नर्सको अवस्था सामान्य रहेको पनि डा. उपाध्यायले जानकारी दिए ।

संक्रमितको संख्या बढ्दै जाँदा हेरचार र उपचारमा खटिने नर्स, सरसफाईमा खटिने कर्मचारी बढी जोखिममा हुन्छन् । संक्रमित नर्समा कुनै लक्षण नदेखिएपनि उपचारमा संलग्न भएका आधारमा परीक्षण गर्दा पोजेटिभ भेटिएको हो ।

यसअघि मंगलबार तौलिहवामा एक नर्समा र बुधबार भक्तपुरको एक निजी अस्पतालमा कार्यरत नर्समा कोरोना संक्रमण पुष्टि भएको थियो । भक्तपुरमा संक्रमण भेटिएकी नर्सको यात्रा काठमाडौं समेत रहेका देखिएको छ । हालसम्म नेपालमा बुधबार २६ सहित २४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय