कपिलवस्तुमा आठ संक्रमितमध्ये तीनजना सुरक्षाकर्मी

कपिवस्तुमा तीन जना सुरक्षाकर्मी कोरोनाबाट संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको रिर्पोटमा ८ जनामध्ये तीन जना सुरक्षाकर्मी भएको खुलेको हो ।

उनिहरुको बैशाख २९ गते स्वाब संकलन गरिएको थियो ।

मंगलबार मात्रै कपिलवस्तुको एक नर्समा कोरोना संक्रमण देखिएको थियो । संक्रमित ५ जना भने कृष्णनगर नगरपालिकाको महेन्द्र माबिको क्वारेन्टाइनमा रहेका व्यक्तिहरु हुन् ।

कोरोना पुष्टि भएका सुरक्षाकर्मीहरुमा एक जना शसस्त्र प्रहरी नायब निरिक्षक (सई), एक जना नेपाल प्रहरीका सई र एक जना राष्ट्रिय अनुसन्धान बिभागका असई रहेका छन् ।

सुरक्षाकर्मीहरु संक्रमित भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले पनि पुष्टि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय