चार जिल्लामा थपिए २४ संक्रमित, कूल संख्या २४३

कोरोना भाइरस डिजिज (कोभिड १९) का रुपन्देही, कपिलवस्तु, पर्सा र र नवलपरासीमा गरी २४ जना संक्रमित थपिएका छन्।

बुधबार दिउँसो २ जनामा संक्रमण पुष्टि भएकोमा साँझ २४ जनमा थप संक्रमण देखिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला काठमाडौ र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका २२ देखि ४१ वर्ष समूहका ८ पुरुष, तीन महिला र कपिलवस्तुका ८ पुरुष, पर्साका २ पुरुष र एक महिलामा संक्रमण देखिएको छ ।

त्यसैगरी नवलपरासीमा एक ३६ वर्षे पुरुषमा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय