विदेशमा रहेका चिकित्साशास्त्रका विद्यार्थीलाई तुरुन्तै स्वदेश ल्याइयोस् : चिकित्सक संघ

चिकित्साशास्त्रमा अध्ययनमा विदेशीएका विद्यार्थीलाई नेपाल आउनको लागि पहल गर्ने नेपाल चिकित्सक संघले सरकारलाई आग्रह गरेको छ ।

बगलादेशमा अध्ययनमा गएका ५ सय ६४ विद्यार्थीको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै संघले तत्काल नेपाल ल्याउनको लागि पहल गर्न सरकारलाई आग्रह गरेको हो ।

संघले बुधबार विज्ञप्ती निकाल्दै विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारण मुत्यु हुने संख्या दिनप्रतिदिन वृद्दि भएको अवस्थामा आफ्ना नागरिकलाई सुरिक्षत राख्न नेपाल आउने वातावरण बनाउनको लागि सरकारलाई ध्यानकर्षण गरेको हो ।

उच्च शिक्षा अध्ययनका लागि गएका विद्यार्थी तथा रोजगारमा लागि गएका सर्वसाधारण नागकिरहरुले सम्बन्धित देशको नियमानुसार क्वारेन्टाइनमा बसी स्वेदश फर्कन चाहुन भएको छ, विज्ञप्ती भनिएको छ,‘ आफ्नो देशमा जाँउ भनी दबाब सिर्जना भएको अवस्थामा सरकारले आपतकालिन अवस्थामा अविलम्ब स्वदेशमा फर्केने वातावरण बनाओस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय