वीरगन्जका पत्रकारहरूको स्वाब परीक्षण गरिँदै

वीरगञ्जका २ जना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा रहेका अन्य पत्रकारको पनि स्वाब परीक्षण गरिने भएको छ।

उनीहरूको सम्पर्कमा आएका पत्रकारको स्वाब परीक्षणका लागि संकलन गरिएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए। उनका अनुसार पिसिआर परीक्षणका लागि विभिन्न संचारगृहमा कार्यरत १ सय २३ जना पत्रकारले अस्पताल पुगेर स्वाब दिएका हुन्।

संक्रमित पत्रकारका परिवारका सदस्यको स्वाब पनि संकलन गरिएको डा. उपाध्यायले जानकारी दिए। भिटिएम सकिएकाले बाँकी पत्रकारलाई स्वाब संकलनका लागि आजै बेलुकी ५ बजे अस्पतालमा बोलाइएको प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले जानकारी दिए।

आइतबारदेखि मङगलबारसम्म वीरगञ्जमा भएको प्रदर्शन र धर्नासहितको आन्दोलनमा संक्रमित दुवैजना पत्रकारसँगै अन्य पत्रकार पनि सहभागी भएकाले अरुमा पनि संक्रमण हुनसक्ने आशंकामा सबैको कोरोना परीक्षण गर्न थालिएको हो।

कोरोनो पोजेटिभ देखिएका दुवै पत्रकारलाई मंगलबार साँझ नै नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय