‘स्वास्थ्यकर्मीहरू, उच्च मनोबलसाथ काम गर्नुस्, सरकार साथमा छ’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना उपचारमा संलग्न रहेका स्वास्थ्यकर्मीहरूलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। नेपालमा पनि पहिलो पटक मंगलबार स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मीले थप सहजता अपनाएर उच्च मनोबलका साथ काम गर्नेका लागि मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आग्रह गरे। ‘व्यक्तिगत सुरक्षालाई ध्यानमा राखेर काम गर्नुहोस्’, डा. देवकोटाले भने, ‘सरकार तपाईहरुको साथमा रहेको छ।’

स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्री, परीक्षण किट र प्रयोगशालामा चाहिने सामग्री प्रशस्त रहेको डा. देवकोटाले बताए। ‘यो विश्वव्यापी महामारीको परिस्थित हो। अहिलेको अवस्था असामान्य रहेको छ’, डा. देवकोटाले भने, ‘सबै मिलेर काम गरेमात्र कोरोनाविरुद्दको लडाइँमा सफलता मिल्ने छ।’

केही दिनयता संक्रमण बढ्दै गरेको अवस्था थप सजहकता अपनाएर बस्न सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।  हालसम्म २ सय १९ कोरोना संक्रमण देखिएको छ।

One thought on “‘स्वास्थ्यकर्मीहरू, उच्च मनोबलसाथ काम गर्नुस्, सरकार साथमा छ’

  1. घर बाट कार्यालय जान नदिने यी प्रहरी लाई कलले सिकाउने की हामी स्वास्थ कर्मि पनि यही देस को सेवा गर्नलाई यो पेशा मा आएका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय