२४ घण्टामा २ हजार ३ सय ५७ को पिसिआर परीक्षण

कोरोनाको आशंकामा हालसम्म पिसिआरबाट २१ हजार ३ सय ४० को नमुना परीक्षण गरिएको छ। गत २४ घण्टामा २ हजार ३ सय ५७ को नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बुधबार बाँके जिल्लाका ३६ वर्षिय पुरुषमा धुलिखेल अस्पताल र कपिलवस्तुका २२ वर्षका पुरुषको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोराना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय १९ पुगेको छ। जसमध्ये १ सय ७६ जना पुरुष र ४३ जना महिला रहेका छन्। प्रदेश १ मा ३५, प्रदेश २ मा ९६, बागमती प्रदेशमा ९, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ७२ र सुदुपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन्।

क्वारेन्टाइनमा बुधबार १४ हजार ३ सय १३ जना रहेको मन्त्रालयले जनाएको छ। प्रदेश १ मा ९ सय ९५, प्रदेश २ मा १ हजार ५ सय ७४, बागमती प्रदेशमा १ सय १, गण्डकी प्रदेशमा २ सय ८९ क्वारेन्टाइनमा रहेका छन्। त्यसैगरी, प्रदेश ५ मा ६ हजार ९ सय ८९, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ र सुदुरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ क्वारेन्टाइनमा रहेका छन्।

२ सय ४५ जना संक्रमित र शंकास्पद केस आइसोलेसनमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय